काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिन आगाडी स्वाब संकलन गरिएको थियो भने आज सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

महानगरपालिकाका सञ्चार विज्ञ मोहन बाँस्तोलाले मेयर शाक्यलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । कोरोना पोजिटिभ भएपनि मेयर शाक्यलाई कुनै लक्षण भने छैन । उनको कोरोना पोजिटिभ भएपनि श्रीमतीको भने नगेटिभ देखिएको छ ।

कोरोना संक्रमण पुष्टि भएसंगे मेयर शाक्य होम आइसोलेसनमा बसेका छन् भने आफूसँग सम्पर्कमा आएकाहरूलाई परीक्षण गराउन र आइसोलेसनमा जान आग्रह गरेका छन् । श्रीमतीलाई ज्वरो आएपछि जाँचका लागि आइतबार बिहान ग्रान्डी अस्पताल पुगेको बेला स्वाब पनि दिएर फर्किएको र त्यसको नतिजा आज आएको उनले बताए।

उनमा केहि लक्षण नदेखिए पनि केहि दिन अगाडी हल्का थकान महशुस भने भएको मेयर शाक्यले बताए ।