वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा भोला रिजाल र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि


वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजाललाई कोरोना भाइरस संक्रमण भएको छ ।

उनि लगायत श्रीमती सरलालाई पनि गत शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु दुवै हाल ह्याम्स अस्पतालमा भर्ना भएका छन्। सुरुमा हल्का ज्वरो आएपनि अहिले दुवैको स्वास्थ्य सामान्य छ। कोभिड-१९ को कुनै लक्षण देखिएको छैन ।

शनिबार दुवैको स्वाब ह्याम्स अस्पतालमै परीक्षण गरिएको थियो। पोजिटिभ नतिजा आएपछि सोहि अस्पतालमा उपचारको लागी उनीहरु भर्ना भएका हुन् ।

प्रतिक्रिया दिनुहोस