सांसद महेश बस्नेतद्वारा प्रहरीलाई मोटरसाइकल प्रदान

सांसद महेश बस्नेतद्वारा प्रहरीलाई मोटरसाइकल प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका ७ गुण्डु प्रहरी प्रभागमा कार्यरत प्रहरीलाई मोटरसाइकल हस्तान्तरण गर्नुभएको छ ।

उहाँले सो प्रभागका प्रमुखलाई आज मोटरसाइकल प्रदान गर्दै अग्रभागमा रहेर काम गर्न प्रहरीलाई थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । सांसद बस्नेतले आवश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै कोरोना नियन्त्रणमा सामूहिक प्रयासको खाँचो औल्याउनुभयो । ––रासस

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि सहयोग पु¥याउने उद्देश्यले पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत बुधबार गुण्डु प्रहरीलाई आफ्नो निजी मोटरसाइकलको साँचो प्रदान गर्दै । तस्बिर ः रमेश गिरी÷रासस