कर्णाली नदीमा दाउरा टिप्न खोज्दा तीन जना बेपत्ता

कर्णाली नदीमा दाउरा टिप्न खोज्दा तीन जना बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दियाको गेरूवा गाउँपालिका –४ का कर्णाली नदीमा दाउरा छोप्न गएका एक महिला र दुई पुरूष बेपत्ता भएका छन् । कर्णाली नदीको रजबन्धुवा घाटमा बिहान करीब ११ बजेतिर नदीमा दाउरा लिन गएका गेरूवा –४ जोधिपुरका ४० वर्षीय बलबहादुर रोकाय, १४ वर्षीय भरत कडायत र १४ वर्षीया पवी रोकाय बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयबासी, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले बेपत्ताको खोजी गरिरहेको स्थानीय शिक्षक नारायण पौडेलले जानकारी दिनुभयो ।