बागलुङ बाढीः सभामुख सापकोटा मर्माहत

बागलुङ बाढीः सभामुख सापकोटा मर्माहत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सभामुख अग्निप्रसाद सापकोटाले बागलुङको ढोरपाटन नगरपालिका वडा नं ९ भुसुण्डे, दुनापोखरा, लाकुरीबोटमा अविरल वर्षापछिको पहिरो र सुकुर्दुङ खोलामा आएको बाढीले धनजनको क्षति भएको खबरले मर्माहत भएको बताउनुभको छ ।

आज वक्तव्य जारी गरी उहाँले दुःखद घटनामा निधन भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । सुकुर्दुङ खोलामा आएको बाढीले १२ जनाको मृत्य र ४१ जना बेपत्ता भएको छन् ।

यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि सो घटनाबाट निकै ठूलो धनजनको क्षति भएको खबरले आफू स्तब्ध बनेको बताउनुभएको छ ।