अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाद्वारा राजीनामा दिने घोषणा

अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाद्वारा राजीनामा दिने घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । उनले शुक्रबार साँझ नै राजीनामा दिने मन्त्रिपरिषद् बैठकमा घोषणा गरेका हुन् ।

बिहीबार नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा पुगेको सुनाएका थिए । राष्ट्रियसभाको एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको छ । त्यससँगै उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो ।