आज थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

आज थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना भाइरस कोभिड-१९ बाट आज थप १३ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ४४ हजार २३६ जना पुगेको छ । काठमाडौं उपत्यकामा पछिलो २४ घण्टामा थप ४५४ जनामा कोरोना संक्रमण देखिएको छ । त्त्यस मध्य काठमडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना रहेका छन । यो संगै काठमाडौँ उपत्यकामा थप साबधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र १३ सय ५४ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या २५ हजार ५६१ जना रहेको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु पुष्टि भएको छ । मृतक मध्य ४ जना महिला र १० जना पुरुष रहेका छन् ।

मृतकहरुमा काठमाडौँका ६२, ६७ र २२ वर्षीय तिन महिला, चितवनको ३५ वर्षीय एक महिला, सप्तरीको ५५, ५५ वर्षीय दुई जना पुरुष, धनुषाको ६५ वर्षीय एक पुरुष, कास्कीको ३१ वर्षीय एक पुरुष, नवलपरासीको ३७ वर्षीय एक पुरुष, प्युठानको ५८ वर्षीय एक पुरुष, रुपन्देहीको ७८ वर्षीय एक पुरुष, पाल्पाको ६३ वर्षीय एक पुरुष र सुर्खेतको ४२ वर्षीय एक पुरुष रहेका छन् ।