हेटौँडामा कोरोना सङ्क्रमणबाट मृत्यु

हेटौँडामा कोरोना सङ्क्रमणबाट मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाग्मती प्रदेशको राजधानी हेटौँडामा कारोना संक्रमणवाट ५२ वर्षीया एक महिलाको आज मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ११ की ५२ वर्षीया महिलाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार गराउने क्रममा मृत्यु भएको सो कलेजले जनाएको छ ।

निमोनियाको उपचारका लागि यही भदौ १० गते भर्ना भएकी ती महिलामा भदौ ११ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । अस्पतालको सघन उपचार कक्षमा उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । यससँगै कोरोनाबाट हालसम्म हेटौँडामा महिला र पुरुष गरी सात जनाको मृत्यु भइसकेको छ ।