हिजो बिहीबार पुल्चोकस्थित मछिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुदा भिड नियन्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
श्रोतका अनुसार आन्दोलन नियन्त्रणमा खट्ने एक इन्स्पेक्टरसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेहरुमा आन्दोलन नियन्त्रणमा खटिएका १८ जना, ट्राफिक महाशाखाका १५ जना, महानगरीय प्रहरी परिसर काठमाडौंका १५ जना र मेट्रोका ८ जना रहेका छन् ।
सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको बुझीइएको छ ।



प्रतिक्रिया