कञ्चनपुरमा गएराति डियुटीमा खटिएको प्रहरी जवानको मृत्यु भएको छ । डियुटीमै अचानक बेहोस भएर ढलेका प्रहरी जवानको मुत्यु भएको हो। दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत डडेल्धुरा अजयमेरु गाउँपालिका वडा नम्वर २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको मृत्यु भएको हो।
गएराति १२ बजेतिर ५ नम्वर पोष्टमा डुयुटीमा खटिएको अवस्था बेहोस भएका थिए। बेहोस भएलगत्तै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो।
तर अस्पताल पुर्याएपनि विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाले जानकारी दिएका छन्।



प्रतिक्रिया