कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु

कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु पुष्टि भएको छ । मृतक मध्य ३ जना महिला र ६ जना पुरुष रहेका छन् ।

मृतकहरुमा मोरङको ४३ वर्षीय एक महिला, मकवानपुरको ५२ वर्षीय एक महिला, नवलपरासीको ३७ वर्षीय एक महिला, पर्साको ७५ वर्षीय एक पुरुष, महोत्तरीको ७८ वर्षीय एक पुरुष, काठमाडौँको ४१, ३९ र ६५ वर्षीय तिन पुरुष, रुपन्देहीको ४० वर्षीय एक पुरुष रहेका छन्

यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २८० पुगेको छ । त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ४५ हजार २७७ जना पुगेको छ । काठमाडौं उपत्यकामा पछिलो २४ घण्टामा थप ४०८ नामा कोरोना संक्रमण देखिएको छ । जसमा काठमाडौँमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्र १ हजार ५६६ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या २७ हजार १२७ जना रहेको छ ।