‘प्राचीन चिकित्सा पद्धति अपनाऔँ’

‘प्राचीन चिकित्सा पद्धति अपनाऔँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद तथा योग ध्यानजस्ता प्राचीन चिकित्सा पद्धति अपनाउन अपिल गर्नुभएको छ । बर्दिवास–३ स्थित आफ्नो आवासस्थल आधारशिलामा प्रेस सङ्गठन नेपाल जिल्लाका प्रतिनिधिसँगको सामूहिक भेटघाटमा उहाँले कोभिड–१९ सङ्क्रमणको जोखिमबीच प्राचीन उपचारबारे अझै अनुसन्धान जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्यक र अनुशासित जीवन पद्धति कोभिड सङ्क्रमणबाट बच्ने सबैभन्दा भरपर्दो उपाय हो ।”

चुनौतीपूर्ण अवस्थालाई अब अवसरका रुपमा ढाल्न सरकारले शिक्षालाई वैकल्पिक पद्धतिका आधारमा सिक्ने, सिकाउने विधि अवलम्बन गर्न अपिल गरिसकेको मन्त्री पोखरेलले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अब विद्यार्थीसम्म सिकाइका कुरा पु¥याउन हामीसँग उपलब्धताका आधारमा के के विकल्प छन् ? रेडियो एफएम, टेलिभिजन, अनलाइन, मोबाइल संवाद र अन्य के हुन सक्छन् ? यिनको भरपुर उपयोगबाट अघि बढ्नुपर्छ ।”