काठमाडौं उपत्यकामा आज थप ३५४ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा आज थप ३५४ जनामा कोरोना संक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं उपत्यकामा पछिलो २४ घण्टामा थप ३५४ नामा कोरोना संक्रमण देखिएको छ । जसमा काठमाडौँमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३८२ पिसीआर परिक्षण  गरिएको छ । त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप ९८०  जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ४६ हजार २५७जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र १ हजार ८१४ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या २८ हजार ९४१ जना रहेको छ ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु पुष्टि भएको छ । मृतक मध्य २ जना महिला र ७ जना पुरुष रहेका छन् ।

मृतकहरुमा मोरङको ६४ वर्षीय एक महिला, झापाको ४५ वर्षीय एक महिला, मोरङको ४५ वर्षीय एक पुरुष, पर्साको ७७ वर्षीय एक पुरुष, धनुषाको ३५ वर्षीय एक पुरुष, काठमाडौँको ६८, ७४, ८५ वर्षीय तिन पुरुष र चितवनको ७० वर्षीय पुरुष रहेका छन् ।