कोरोना केहि हैन, डब्लुएचओसंग मिलेर केहि मेडिकल माफिया र सरकारले उब्जाइएको कृतिम बिपत हो भन्नेहरुलाई अब सरकारले कारवाही गर्ने

कोरोना केहि हैन, डब्लुएचओसंग मिलेर केहि मेडिकल माफिया र सरकारले उब्जाइएको कृतिम बिपत हो भन्नेहरुलाई अब सरकारले कारवाही गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यतिबेला विश्व कोरोना महामारीले जटिल अवस्थामा गुज्री रहेको छ । अहिले सम्म करोडौ संक्रमित, लाखौको मृत्यु भइसकेको अवस्था छ ।

चिनको वुहानमा सबै भन्दा सुरुमा देखिएको कोरोना यतिबेला विश्वभर पुगिसकेको छ । कोभिड-१९को संक्रमण फैलिन थालेपछि विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना रोकथामको प्रोटोकल तयार पर्यो । अहिले विश्वभर सोहि प्रोटोकल अनुसार कोरोना महामारीको संक्रमणलाई न्यूनीकरण गर्ने कोशिस भैरहेको अवस्था छ ।

तर कोरोना संक्रमण भएको महिनौ भएपछि विभिन्न देशमा कोरोना महामारी हैन भन्ने आवाजहरु पनि आउन थालेको छ । मृत्युदर अत्यन्तै कम भएको र संक्रमित मध्य अधिकांश निको भएको हुनाले यो महामारी हैन भन्ने उनीहरुको तर्क रहेको छ ।

युरोपका विभिन्न देशमा कोरोना महामारी नभई डब्लुएचओसंग मिलेर केहि मेडिकल माफियाले चलाएको कृतिम आपत हो भन्दै प्रदर्शन नै सुरु भैसकेको छ । सोहि कुरालाई आधार मान्दै नेपालका केहि व्यक्तिहरुले पनि कोरोना महामारी हैन भन्दै अभियान चलाउने कोशिसमा रहेका छन् । तर यसै बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले त्यसरी भ्रम छर्ने व्यक्तिलाई कारवाही गर्ने जनाएका छन् । गौतमले नेपाल सरकारले भनेका आधिकारिक कुराहरु बाहेक अन्य कुराहरु गरेर भ्रम नछर्न अनुरोध समेत गरेका छन् ।

आज थप ९८० जनामा कोरोना संक्रमण पुष्टि

कोरोना भाइरस कोभिड-१९ बाट आज थप ९८०  जनामा संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ४६ हजार २५७जना पुगेको छ । काठमाडौं उपत्यकामा पछिलो २४ घण्टामा थप ३५४ नामा कोरोना संक्रमण देखिएको छ । जसमा काठमाडौँमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३८२ पिसीआर परिक्षण  गरिएको छ । पछिल्लो २४ घण्टामा मात्र १ हजार ८१४ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या २८ हजार ९४१ जना रहेको छ ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु पुष्टि भएको छ । मृतक मध्य २ जना महिला र ७ जना पुरुष रहेका छन् ।

मृतकहरुमा मोरङको ६४ वर्षीय एक महिला, झापाको ४५ वर्षीय एक महिला, मोरङको ४५ वर्षीय एक पुरुष, पर्साको ७७ वर्षीय एक पुरुष, धनुषाको ३५ वर्षीय एक पुरुष, काठमाडौँको ६८, ७४, ८५ वर्षीय तिन पुरुष र चितवनको ७० वर्षीय पुरुष रहेका छन् ।