दिगो विकास लक्ष्य प्राप्तीमा युवाको भूमिका प्रभावकारी हुनुपर्ने

दिगो विकास लक्ष्य प्राप्तीमा युवाको भूमिका प्रभावकारी हुनुपर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युवा अधिकारकर्मीले कोभिड–१९ ले दिगो विकास लक्ष्य प्राप्तीमा गम्भीर प्रभाव पारेको र त्यसको समाधानका लागि युवाले प्रभावकारी भुमिका खेल्नुपर्ने आवश्यकता औँल्याएका छन् । कोभिड–१९ ले युवाका सवालमा पारेको प्रभाव र उनीहरुले खेलिरहेको भूमिकालाई अनुभव साटासाट गर्ने उद्देश्ले युथ एडभोकेशी नेपालद्धारा यहाँ आज आयोजित भर्चुअल माध्यमबाट ‘दक्षिण एसीयाली सम्मेलन’ मा विभिन्न देशका युवाले आफ्ना सवाललाई सम्वोधन गर्न सरकारलाई खबरदारी गर्नु पर्नेमा जोड दिएका हुन् । युवाले शिक्षा, स्वास्थ्य र रोजगारीलगायत विविध समस्यालाई सरकारले समाधान गर्नुपर्ने माग समेत गरेका छन् ।

सम्मेलनमा युएनभिका एसिया प्यासिफिक क्षेत्रीय म्यानेजर सलिना मियाँले कोभिड–१९ ले दिगो विकास लक्ष्यमा पारेको समस्या समाधानका लागि युवा स्वयंसेवालाई प्रवद्र्धनसँगै राज्यले विशेष नीति अख्तियार गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले कोभिड–१९ का कारण दक्षीण एसियाली युवामा मनोवैज्ञानिक समस्या थपिएको बताउँदै युवा बिचको समन्वय तथा सहकार्यलाई वढाउनुपर्ने बताउनुभयो ।

युनेस्को नेपालका शिक्षा प्रमुख बलराम तिमल्सिनाले युवाको सम्भवाना र क्षमताको व्याख्या गर्दै उनीहरुलाई राज्यको नीति निर्माण, कार्यन्वयन, अनुगमन तथा मुल्याङ्कनमा अर्थपूर्ण सहभागिताको सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो । सम्मेलनमा दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलंका र अफगानीस्तानका ११ जना युवाको सहभागिता थियो । रासस