उपसभामुख तामाङ कोरोना सङ्क्रमणमुक्त

उपसभामुख तामाङ कोरोना सङ्क्रमणमुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहनुभएका वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त हुनुभएको छ ।

दोस्रो पटक पिसिआर परीक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएपछि उहाँ सङ्क्रमण मुक्त हुनुभएको वाग्मती प्रदेशसभा सचिवालयले जनाएको छ ।

केही हप्ताअघि पिसिआर परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उहाँ हेटौँडास्थित सरकारी निवासमा होम आइसोलेसनमा बस्नुभएको थियो । उपसभामुख तामाङले आफू र छोराको समेत दोस्रो पटक पिसिआर परीक्षण गर्दा निगेटिभ रिपोर्ट आएको जानकारी दिनुभयो ।

उहाँले आफ्नो स्वकीय सचिव एलिसा थापाको पिसिआर परीक्षण नतिजा पोजेटिभ आएको हुँदा उनी होम आइसोलेसनमा बस्नुभएको जानकारी दिनुभयो ।