सूर्यविनायकमा ‘घुम्ती स्वाब सङ्कलन बुथ’ सञ्चालनमा

सूर्यविनायकमा ‘घुम्ती स्वाब सङ्कलन बुथ’ सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सूर्यविनायक नगरपालिकाले पिसिआर परीक्षणका लागि ‘घुम्ती स्वाब सङ्कलन बुथ’ सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाका प्रमुख वासुदेव थापाले सो बुथको उद्घाटन गर्दै नगरपालिकाले अब टोलटोलमा बुथ लगेर स्वाब सङ्कलन गर्न सकिने र यसले नगरवासीलाई निकै सहज हुने बताउनुभयो ।

नेपालमा पीसीआर परीक्षणका लागि घुम्ती स्वाब संकलन बुथ संचालन गरी टोलटोलमा पुगेर स्वाब संकलनको तयारी गर्दै सूर्यविनायक नगरपालिकाको स्वास्थ्यकर्मी टोली । तस्वीर ः रमेश गिरी, भक्तपुर, रासस

भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालमै पहिलो पटक सूर्यविनायक नगरपालिकाले आफ्नै बुथ टोलटोलमा पु¥याएर स्वाब सङ्कलन गर्दा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिनबाट जोगाउन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “स्वाब दिन अस्पतालसम्म जाँदा आउँदा सङ्क्रमण फैलिन सक्ने जोखिम अब यसले अन्त्य गरेको छ, नगरपालिकाको यो अभियानले टोलटोलमै गएर स्बाव सङ्कलन गर्दा सुरक्षित पनि हुने र समुदायमा सङ्क्रमण फैलिनबाट पनि रोक्न सक्छ, अरु स्थानीय तहले पनि यो प्रविधि अपनाउनु उपयुक्त हुन्छ ।”

नेपालमा सूर्यविनायक नगरपालिकाले पीसीआर परीक्षणका लागि घुम्ती स्वाब संकलन बुथ संचालन गरी टोलटोलमा पुगेर स्वाब संकलन गरेको अनुगमन गर्दै नगर प्रमुख वासुदेव थापासहितका जनप्रतिनिधि टोली । तस्वीर ः रमेश गिरी, भक्तपुर, रासस

नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको जोखिमयुक्त वडा र टोलको पहिचान गरी आफ्नै स्वास्थ्यकर्मीको टोलीमार्फत् कन्ट्याक्ट ट्रेसिङ गर्दै टोलटोलमा स्वाब सङ्कलन अभियान शुरु गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ को सङ्क्रमणलाई समुदायस्तरमा फैलिनबाट रोक्न कसरी जान सकिन्छ भन्नेबारेमा छलफल ग¥यांै, स्वाब सङ्कलन बुथ बनाएर टोलटोलमा जान सकिने निष्कर्ष निस्किएपछि कर्नेल शिवप्रसाद पौडेल र मैले खाका बनायांै, यसले छिटो र छरितो रुपमा स्वाब सङ्कलनमा निकै सहजता ल्याउँछ ।”

नगरपालिकाले ट्रक र सामग्री उपलब्ध गराएपछि नेपाली सेनाको वीर दल गण सूर्यविनायकको प्राविधिक एवं जनशक्तिसहितको सहकार्यमा तीन दिनमा बुथ तयार पारेको वीर दल गणका गणपति कर्नेल शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक एवं वडा नं ८ का वडाध्यक्ष किरण थापाले बुथबाट पहिलो दिन १, २, ३, ६, ८, ९ र १० वडाका ९६ जनाको स्वाब सङ्कलन गरेको जानकारी दिनुभयो । स्वाब सङ्कलनका लागि नगरपालिकाबाट सम्बन्धित वडाका वडाध्यक्षको नेतृत्वमा उपप्रमुख जुना बस्नेत, प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली, सामाजिक विकास शाखाका संयोजक थापा, स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागार्इंसहितको ६ सदस्यीय स्वास्थ्यकर्मीको टोली खटिने छन् । नगरपालिकाले अहिलेसम्म कन्ट्याक्ट ट्रेसिङबाट ५६६ जनाको स्वाब सङ्कलन गरेको छ । रासस