कोरोना भाइरस केहि हैन भन्दै अफवाह फैलाई सार्बजनिक शान्ती भंग गरेको अभियोगमा “अन्तिम विकल्प प्रा.लि.का” संचालक सुवास सुब्बा लिम्बु पक्राउ

कोरोना भाइरस केहि हैन भन्दै अफवाह फैलाई सार्बजनिक शान्ती भंग गरेको अभियोगमा “अन्तिम विकल्प प्रा.लि.का” संचालक सुवास सुब्बा लिम्बु पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना भाइरस नै छैन सरकारले हावा पिटेको हो भन्दै अभिव्यक्ति दिएको आरोपमा ललितपुरबाट एक व्यक्ति पक्राउ परेका छन।

पक्राउ पर्नेमा तेहथुम स्थायी घर भई हाल ललितपुर नक्खिपोटमा बस्दै आएका ५१ वर्षीय सुबास सुब्बा लिम्बु रहेका छन् । आफुलाई प्राकृतिक डाक्टर भन्ने गरेका उनले कोरोना संक्रमितको मृत शरीरबाट विभिन्न अंगहरु (किडनी ,आँखा, लिभर) झिकेर बेचबिखन गरी भष्ट्राचार गरिरहेको भनेर सार्बजनिक रुपमा बोलेका थिए ।

माङमुङ्ग्री लिएर सडकमा आन्दोलन गर्न सबै आउनु पर्दछ भन्ने जस्ता समाजमा उत्तेजना फैलाउने, आम-सर्वसाधारणलाई दिगभ्रमित गराउने, कोरोना भाईरस संक्रमणबारे भ्रम फैलाएको तथा विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिई प्रचार प्रसार गरी सार्बजनिक शान्ती भंग गर्ने कार्यमा संलग्न भएको भन्दै उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

नखिपोटबाट पक्राउ गरि लिम्बुलाई अहिले प्रहरी परिसर ललितपुर पठाईएको साथै अन्य थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

०००

कोरोना संक्रमणबाट आज थप ११ जनाको मृत्यु, जम्मा मृतकको संख्या ३०० पुग्यो

कोरोना भाइरस कोभिड-१९ बाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३०० पुगेको छ ।

त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप ९७९ जनामा संक्रमण पुष्टि भएको छ । यो संक्रमित मध्य काठमाडौं उपत्यकाका ३२६ जना रहेका छन् । जसमा काठमाडौंका २९३ जना, ललितपुरका २० जना, र भक्तपुरका १३ जना छन्।

संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ४७ हजार २३६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार २१८ पिसीआर परिक्षण  गरिएको छ । पछिल्लो २४ घण्टामा मात्र १ हजार ७३६ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ३० हजार ६७७ जना रहेको छ ।