किर्ते नागरिकता बनाउन सहयोग गर्ने वडाध्यक्ष कारागार चलान

किर्ते नागरिकता बनाउन सहयोग गर्ने वडाध्यक्ष कारागार चलान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किर्ते नागरिकता बनाउन सहयोग पु¥याएको आरोपमा तनहुँ जिल्ला अदालतबाट दो’षी ठहर भएका भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्ल कैद भुक्तानका लागि कारागार चलान भएका छन् ।

विसं २०५४ मा साविक गजरकोट गाउँ विकास समिति–४ का अम्बरबहादुर थापाका छोरा राजुलाई सोही ठाउँका होमबहादुर थापाका छोरा भन्ने झुठो विवरण बनाई नागरिकताको प्रमाणपत्र निकाल्न सहयोग गरेको आरोपमा वडाध्यक्ष मल्ल आज कारागार चलान हुनुभएको हो । वडाध्यक्ष मल्ललाई प्रहरीले आजै पक्राउ गरेको थियो ।

जिल्ला अदालतका निमित्त श्रेस्तेदार जीवनकुमार पौडेलले मल्ललाई कैद भुक्तानका लागि कारागार चलान गरिएको जानकारी दिनुभयो । मल्लविरुद्ध जिल्ला अदालतले विसं २०५५ वैशाख २ गते दोषी ठहर गरी एक वर्ष कैदको फैसला सुनाएको थियो । अदालतको फैसलापछि पनि मल्ल पक्राउ पर्नुभएको थिएन । उहाँ नेपाली काङ्ग्रेसका तर्फबाट गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

वडाध्यक्ष मल्लविरुद्ध बेलायती सेनाका लाहुरे होमबहादुरलाई रु दुई लाख दिई राजुलाई उनको छोरा भनी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र बनाउन सेटिङ मिलाएको आरोप लागेको थियो । रासस