सामाजिक सञ्जालको दुरुपयोग गर्ने, अपमान गर्नेलाई कारवाही माग

सामाजिक सञ्जालको दुरुपयोग गर्ने, अपमान गर्नेलाई कारवाही माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल पत्रकार महासङ्घले पत्रकारको सामाजिक र पेशागत प्रतिष्ठामा आघात पु¥याउने र अपमान हुनेगरी सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ । महासङ्घले बागलुङ शाखाका पूर्वअध्यक्ष एवं एभिन्यूज टेलिभिजनका सम्वाददता राजेशचन्द्र राजभण्डारी, शाखा कार्यसमितिका सहसचिव एवं माउन्टेन टेलिभिजनका सम्वाददाता सुवास आचार्य र ई–बागलुङ अनलाइनका सहायक सम्पादक रामप्रसाद घिमिरेको व्यक्तिगत र पेशागत चरित्रमा आँच आउने गरी सामाजिक सञ्जालमार्फत पोष्ट गरिएको सामग्रीप्रति ध्यानाकर्षण भएको जनाउँदै कारवाहीको माग गरेको हो ।

“महासङ्घ बागलुङ शाखाका अनुसार भाद्र १८ र २१ गते बागलुङ नगरपालिका–४ कुँडुले फेँदी निवासी चन्द्रकान्त पौडेलले सामाजिक सञ्जाल (फेसबुक) मार्फत तस्वीरसहित पत्रकारत्रयलाई आफूले कारबाही गर्न अनुरोध गरेको र केन्द्रीय नेतृत्वले महासङ्घको सदस्यता नरहने गरी कारबाही गर्ने आश्वासन दिएको भनेर पोष्ट गरेका थिए”, महासङ्घद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ । रासस