११ महिनापछि आकस्मिक शल्यक्रिया सेवा शुरु

११ महिनापछि आकस्मिक शल्यक्रिया सेवा शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ग्रामीण क्षेत्रमा रहेको यहाँको सबैभन्दा पुरानो आँपपिपल अस्पतालमा आकस्मिक शल्यक्रिया सेवा शुरुआत भएको छ । विशेषज्ञ चिकित्सकको अभावमा बन्द भएका सबै प्रकारका आकस्मिक शल्यक्रिया सेवा सोमबारदेखि पुनः शुरु भएको अस्पतालका प्रशासकीय अधिकृत बाबुराम गिरीले जानकारी दिनुभयो ।

“गएको करिब ११ महिनादेखि विशेषज्ञ चिकित्सक नहुँदा सामान्य शल्यक्रिया गर्नुपर्ने बिरामीलाई समेत अस्पतालबाट बाहिर रिफर गर्नुपर्ने बाध्यता रहँदै आएको थियो”, उहाँले भन्नुभयो, “अब बिरामीले यहीँ नै सेवा पाउनु हुने भएको छ ।” उहाँले आकस्मिकरुपमा आइपर्ने एपेन्डिसाइटिसका शल्यक्रिया, सिएस लगायतका अन्य शल्यक्रिया सेवा अस्पतालबाट नियमितरुपमा उपलब्ध हुने बताउनुभयो । अस्पतालमा विशेषज्ञ चिकित्सक आएसँगै यस्ता खालका सेवा दिन शुरु गरिएको प्रशासकीय अधिकृत गिरीको भनाइ छ ।

गत असोजमा अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक शितिजचन्द्र पौडेलले छोड्नुभएपछि नै अस्पतालमा सबै खालका आकस्मिक शल्यक्रिया सेवा रोकिएको थियो । “ चिकित्सक पौडेल नहुँदा कहिलेकाहीँ बाहिरबाट विशेषज्ञ चिकित्सक ल्याएर शल्यक्रियाका सेवा नदिएको त होइन तर अब भने नियमित हुने भयो ।” उहाँले भन्नुभयो । सेवा शुरु भएपछि कोभिड–१९ को सङ्क्रमणबाट सामान्य शल्यक्रियाका लागि पुगेका बिरामीले रिफर गर्नुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । “पुरानो अस्पताल भए पनि यसको बृद्धि विकास स्थानीय निकायले त्यति ध्यान पु¥याउन नसक्दा अस्पतालले भने जस्तो सेवा दिन समस्या हुँदै आएको छ”, प्रशासकीय अधिकृत गिरीले भन्नुभयो, “अझै पनि धेरै समस्या छ ।”

अस्पतालले आफैँले एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको भए पनि बर्खामा परेको निरन्तरको वर्षाले अस्पतालसम्म पुग्ने कच्ची सडक भत्काउँदा अहिले एम्बुलेन्स पुग्ने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो । “हरेक वर्ष हामीले यस्तै समस्या भोग्दै आउनुपरेको छ”, उहाँले भन्नुभयो, “अस्पताल पुग्ने ठाउँ नजिकै पहिराले अवरुद्ध भएको डेढ महिनाभन्दा बढी हुँदा पनि मर्मतका लागि कसैले ध्यान दिएको छैन ।”

सडक मर्मत नहुँदा स्टेचर बोकेर बाटोसम्म बिरामीले लिन जानुपर्ने र ल्याएर उपचार गर्नुपर्ने बाध्यता अस्पताललाई रहेको उहाँले बताउनुभयो । “दिनको समयमा जसोतसो ल्याइन्छ, रातको समयमा झैन अप्ठ्यारो पर्छ”, प्रमुख प्रशासकीय अधिकृत गिरीले भन्नुभयो, “पहिरोले स्टेचरमा बिरामी राखेर चार जनाले बोक्ने सक्ने बाटो पनि छैन ।” उहाँले पहिरोले अवरुद्ध सडक तत्काल मर्मतका गर्न वडाध्यक्ष र स्थानीय सरकारलाई आग्रह गर्र्र्दै आएको जानकारी दिनभुयो । रासस