कोरोना भाइरस कोभिड-१९ बाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३०६ पुगेको छ ।
त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप ९०२ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ४८ हजार १३८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ६११ पिसीआर परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा मात्र २ हजार २८७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ३२ हजार ९६४ जना रहेको छ ।



प्रतिक्रिया