कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु, जम्मा मृतकको संख्या ३१२ पुग्यो

कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु, जम्मा मृतकको संख्या ३१२ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३१२ पुगेको छ ।

त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ४९ हजार २१९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १६७ पिसीआर परिक्षण  गरिएको छ ।

पछिल्लो २४ घण्टामा मात्र ९१८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ३३ हजार ८८२ जना रहेको छ ।