काठमाडौं उपत्यकामा पछिलो २४ घण्टामा थप ४६४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा काठमाडौंका ३९४, भक्तपुरका ३६ र ललितपुरका ३४ जना रहेका छन् ।
त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ४९ हजार २१९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १६७ पिसीआर परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा मात्र ९१८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ३३ हजार ८८२ जना रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३१२ पुगेको छ ।



प्रतिक्रिया