बागलुङ ढोरपाटन बाढी: मृतकको सङ्ख्या २१ पुग्यो

बागलुङ ढोरपाटन बाढी: मृतकको सङ्ख्या २१ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यही भदौ १७ गते राति ढोरपाटनमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । बाढीमा अझै १७ वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ता खोज्ने क्रममा आज एक महिला र एक पुरुषको शव बडिगाड गाउँपालिका–६ स्थित बडिगाड खोलामा फेला परेको उद्दारमा खटिनुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

यस्तै मङ्गलबार दुईजना महिलाको बडिगाड खोलामा शव फेला परेको थियो । बडिगाड गाउँपालिका ६ र ७ नम्बर वडाको बडिगाड खोला किनारामा २५ वर्षीया कुमारी बिक र २५ वर्षीया चनी बिकको शव फेला परेको थियो । आज फेला परेको दुई शवको पहिचान भने हुन सकेको छैन । शवलाई बुर्तिवाङस्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।