बागलुङको बडिगाडमा गएको पहिराले पुर्दा एक जना बेपत्ता

बागलुङको बडिगाडमा गएको पहिराले पुर्दा एक जना बेपत्ता

13
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङको बडिगाड गाउँपालिकामा पहिराले पुरिएर एक जना बेपत्ता भएका छन् । बिहीबारदेखि परेको निरन्तर वर्षापछि खसेको पहिराले तरकारी बारीमा काम गर्दै आएका बडिगाड –१० निगलपानीका ३५ वर्षीय दानबहादुर घर्ती मगर आज बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभयो ।

स्थानीयवासीको सक्रियतामा बेपत्ताको खोजी जारी छ । घटनास्थलतर्फ भीमगिठे प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी खटाइएको छ ।