बेबारिसे बालकको उद्धारः आफन्तको खोजी जारी

बेबारिसे बालकको उद्धारः आफन्तको खोजी जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरीको खडक नगरपालिका—८ कल्याणपुरस्थित हटिया बजारबाट आज एक बालकको उद्धार गरिएको छ ।

उद्धार गरिएका बालकलाई संरक्षणका लागि कञ्चनरुप नगरपालिकास्थित बालगृह आश्रममा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

बोल्न नसक्ने, मानसिक सन्तुलन ठीक नभएको, चार फिट उचाइ भएको, चिउडोमा खत भएको र हेर्दा तराईमूलको जस्तो देखिने करीब १२ वर्षीय ती बालकलाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेपनि परिचय भने खुल्न सकेको छैन । बालकका आफन्तको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।