पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३२२ पुगेको छ ।
त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप १४ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ५१ हजार ९१९जना पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ७०१ पिसीआर परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ९७२ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ३६ हजार ६७२ जना रहेको छ ।



प्रतिक्रिया