कोरोना भाइरस कोभिड-१९ बाट आज थप १२ सय २ जनामा संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ५३ हजार १२० जना पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार १७६ पिसीआर परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ८५२ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ३७ हजार ५२४ जना रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३३६ पुगेको छ ।



प्रतिक्रिया