कोरोनालाई लक्ष्य गरी शवदाहगृह निर्माण शुरु

कोरोनालाई लक्ष्य गरी शवदाहगृह निर्माण शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका मानिसको शव व्यवस्थापनमा समस्या देखिएपछि वीरगञ्जका व्यापारी तथा समाजसेवीहरुले आफ्नै खर्चमा शवदाह गृहको निर्माण शुरु गरेका छन् । कोरोना भाइरसबाट मृत्यु भएका मानिसको शव व्यवस्थापन गर्न जाँदा स्थानीयवासीले अवरोध खडा गरेपछि वीरगञ्जका व्यापारी तथा समाजसेवीले पहिलो चरणमा रु १० लाखको लागतमा काठको मचान बनाई त्यसमा शवदाह गर्ने व्यवस्था गर्न लागेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताउनुभयो ।

शवदाह गृह निर्माण गर्न वीरगञ्ज महानगरपालिकाले वडा नं १३ स्थित रामजानकी मठ नजीकै सिरसिया नदी किनारमा ४० कट्ठा जग्गा उपलब्ध गराएको छ । शवदाह गृह निर्माणका लागि समाजसेवी राजकुमार दारुकाको संयोजकत्वमा १३ सदस्यीय व्यवस्थापन तथा निर्माण समिति गठन गरिएको छ । यसअघि कोरोनाबाट मृत्यु भएका मानिसको शवलाई खाल्डो खनी जमीनमुनि गाड्ने गर्दा सामाजिक परम्पराविरुद्ध भएकाले शवदाह गृह निर्माण गर्न लागिएको संयोजक दारुकाको भनाइ छ । रासस