काठमाडौं उपत्यकामा पछिलो २४ घण्टामा थप ५९७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा काठमाडौंका ४८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना संक्रमित भएका हुन् ।
त्यसैगरी कोरोना भाइरस कोभिड-१९ बाट आज थप १ हजार ३९ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ५४ हजार १५९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार १७३ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ३८ हजार ६९७ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३४५ पुगेको छ ।



प्रतिक्रिया