काठमाडौं, २९ भदौ । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि मात्रै उनि शान्ति सैनिकको टोलीलाई सुडान पुर्याएर फर्किए थिए ।
आइतवारनै स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनमा सोमबार(आज) कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएसंगै लामा अहिले सोल्टी होटलको आइसोलेसनमा बसेका छन् । उनीसँगै अर्का क्पाप्टेनसमेत संक्रमित भएका छन् ।



प्रतिक्रिया