कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्ति गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्ति गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

39
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई  पुन: नियुक्ति गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । उनि चार वर्षको कार्यकाल सकेर हिजो आइतबार नै पदमुक्त भएका हुन् ।

कुलमान घिसिङको नेतृत्वमा प्राधिकरणले घन्टौ रहदै आएको लोडसेडिङको अन्त्य गरेको थियो । घन्टौ अन्धकारमा बिताई रहेका जनतालाई एक्कासि लोडसेडिङ मुक्त गराएपछी जनताले उनलाई भगवान नै मान्न थाले । देश लोडसेडिङ मुक्त हुनुमा कुलमानको नै मुख्य भूमिका रहेको सबैको बुझाइ छ ।

कुलमान कै नेतृत्वमा देश लोडसेडिङ मुक्त भएको भन्दै सामाजिक संजालमा कलाकार देखि सर्बसाधरणले कुलमनको पुन: नियुक्ति हुनु पर्छ भन्ने माग राख्दै आएका छन् । यसै बीच आज बेलुका साढे छ बजे पछी काठमाडौँको माइतीघर मण्डलामा कुलमानको समर्थनमा केहि युवाहरुले प्रदर्शन गरेका छन् ।