आज थप १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना भाइरस कोभिड-१९ बाट आज थप १४ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ५६ हजार ७८८जना पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ३८५ जनाको पिसीआर परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६२ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ४० हजार ६३८ जना रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३७१ पुगेको छ ।