सुनसरीमा चट्याङ लागेर एक १३ वर्षीया बालिकाको मृत्यु

सुनसरीमा चट्याङ लागेर एक १३ वर्षीया बालिकाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

खेतमा माछा मार्न गएको बेला पानीसँगै एक्कासि परेको चट्याङले सुष्मा गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।