नागार्जुन नगरपालिकाका प्रमुख बस्नेत कोरोनामुक्त

नागार्जुन नगरपालिकाका प्रमुख बस्नेत कोरोनामुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत कोरोनामुक्त हुनु भएको छ । नगर प्रमुख बस्नेत कोभिड–१९ बाट सङ्क्रमित भएपछि ह्याम्स अस्पतालमा भर्ना हुनुभएको थियो ।

आइसोलेसनमा बस्नु भएका उहाँ कोरोनामुक्त भएपछि आज अस्पतालबाट घर फर्किनुभएको उपप्रमुख सुशीला अधिकारीले जानकारी दिनुभयो । आगामी असोज ४ गतेदेखि उहाँ कार्यालयको काममा समेत फर्किने नगरपालिकाले जनाएको छ ।