नेपालका जलविद्युत्, भौतिक पूर्वाधार, कृषि, उद्योग एवं पर्यटनमा लगानी गर्न ओमानसँग आग्रह

नेपालका जलविद्युत्, भौतिक पूर्वाधार, कृषि, उद्योग एवं पर्यटनमा लगानी गर्न ओमानसँग आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले त्यहाँका व्यापार, उद्योग तथा लगानी प्रवद्र्धनमन्त्री काइस मोहम्मद अल युसुफलाई आज उहाँको कार्यकक्षमा भेटी नेपालको वर्तमान स्थिर राजनीति, चलायमान अर्थतन्त्र तथा सुमधुर सामाजिक परिवेशका बारेमा जानकारी गराउनुभएको छ । उहाँले नेपालमा वैदेशिक लगानीको उचित वातावरण सिर्जना भएकाले जलविद्युत्, भौतिक पूर्वाधार, कृषि, उद्योग एवं पर्यटन जस्ता क्षेत्रमा लगानी गर्न पनि अनुरोध गर्नुभयो ।

ओमानीमन्त्री युसुफले नेपालका जलविद्युत् तथा कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउँदै नेपालका कृषि क्षेत्रका उत्पादनलाई ओमानको बजारमा विशेष प्राथमिकता दिइने वचन दिनुभयो । सो अवसरमा नेपाल र ओमानबीच व्यापार, वाणिज्य तथा लगानी प्रबद्र्धनका लागि आवश्यक रणनीतिका सम्बन्धमा पनि छलफल भएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ । उक्त छलफलमा ओमानका व्यापार मन्त्रालयका सचिव असिलाह विन्ट सलिम अल स्याम्समी पनि सहभागी हुनुहुन्थ्यो । रासस