बजारीकरण नहुँदा महिला उद्यमी मारमा

बजारीकरण नहुँदा महिला उद्यमी मारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोभिड–१९ को महामारीका कारण महिला उद्यमीहरु मारमा परेका छन् । लामो सयमको बन्दाबन्दी र कतिपय जिल्लामा जारी निषेधाज्ञाका कारण महिला उद्यमीका उत्पादन र बजारीकरणमा समस्या भई बैंकको ऋण, घरभाडा र कर्मचारी तलब वितरणमा कठिनाइ उत्पन्न भएको महिला उद्यमी महासङ्घ नेपालले जनाएको छ ।

महासङ्घले आज भर्चुअलरुपमा आयोजना गरेको पत्रकार अन्तरक्रियामा संस्थाका अध्यक्ष रिता सिंहले सरकारले आफूहरुका लागि सहुलित ऋण र बजारीकरणमा सहजीकरण गरी महिला उद्यमीको उत्थान गर्नुपर्ने बताउनुभयो ।

कोभिड–१९को महामारीपछि महिला उद्यमीका क्षेत्रमा परेको प्रभावबारे गरिएको सर्वेक्षणमा उत्पादित सामानसमेत बजारमा जान नसकी भण्डारमा थुप्रिएको सूचना प्रविधिमा सीमित पहुँचका कारण पर्याप्त सञ्चार आदानप्रदान हुन नसकेको जस्ता कारणले महिला उद्यमीहरु मानसिक तनावमा समेत परेको पाइएको छ । अध्यक्ष सिंहले सरकारले तथ्यमा आधारित लैङ्गिक उत्तरदायी बजेटको कार्यान्वयन गरी महिला उद्यमीलाई सहयोग गर्न ध्यानाकर्षण गराइएको बताउनुभयो ।

विसं २०६० मा स्थापित महासङ्घमा १२४ सदस्य छन् । महासङ्घका ५० जिल्ला समिति क्रियाशील छन् । महासङ्घले डिजिटल र आर्थिक साक्षरताका साथै महिला उद्यमीको सकारात्मक सोच विकास तथा क्षमता अभिवृद्धिका लागि सञ्जालीकरण र पैरवी गर्दै आएको महासङ्घका कार्यकारी निर्देशक अनामिका सिंहले जानकारी दिनुभयो । सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित भएको र महिला उद्यमी तथा विभिन्न पेसाका महिलाहरु थप मारमा परेकाले उनीहरुले नयाँ अवसर र सम्भावनाको खोजी गर्नुपर्ने बताउनुभयो ।