भरि ग्याँससहितको सिलिन्डरको मूल्य ३,४७५ रुपैयाँ तोकियो

भरि ग्याँससहितको सिलिन्डरको मूल्य ३,४७५ रुपैयाँ तोकियो

91
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,२ असोज ।नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डर मूल्य दुई हजार एक सय रुपैयाँ तोकेको छ । ग्यास बिक्रेताले फरक÷फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै संघले पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका सिलिण्डरको मूल्य तोकेको जनाएको छ । संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार वाग्मती प्रदेशभित्र सञ्चालन गरिएका २९ ग्यास उद्योगका खाली सिलिण्डरको मूल्य रु दुई हजार एक सय तोकिएको हो ।

बागमती प्रदेशमा शुक्रबारबाट लागू भएको नयाँ व्यवस्थाअनुसार जुनसुकै कम्पनीको भरी सिलिण्डरको ग्याँसको मूल्य ३,४७५ रुपैयाँ तोकिएको छ ।