कोरोना भाइरस कोभिड-१९ बाट आज थप २ हजार २० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य काठमाडौँ उपत्यकाका ८ सय ५९ जना रहेका छन् । जसमा काठमाडौँमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ६१ हजार ५९३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ८७१ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ४३ हजार ८२० जना रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३९० पुगेको छ ।



प्रतिक्रिया