गुर्जोको बिरुवा वितरण

गुर्जोको बिरुवा वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यहाँका घरघरमा गुर्जोका बिरुवा निः शुल्क रुपमा पु¥याउने अभियान सूर्यविनायक नगरपालिका क्षेत्रबाट शुरुआत गरिएको छ । सांसद महेश बस्नेतले गुण्डुका ५६० घरलाई बिरुवा वितरण गर्दैै सुरु गर्नुभएकोे सो अभियान आज सूर्यविनायक चोकमा पुगेको छ ।

सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् वडा नं ८ का वडाध्यक्ष किरण थापा, वडा ६ का वडाध्यक्ष रामेश्वर ध्वजू र गुर्जो अभियान्ता तथा सरकारका उपसचिव कमलबहादुर राजलवटले ५०० जनालाई बिरुवा वितरण गर्नुभयो ।
गुर्जोको फाइदा तथा समस्याको बारेमा जानकारी दिदँै पाँच वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती महिलाले प्रयोग गुर्जोको सेवन गर्न नहुने साथै रक्तचाप कम भएकाले विरे नुनको प्रयोग गरेर मात्र खानु पर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।रासस