कोरोना संक्रमणबाट ललितपुरमा थप चारजनाको मृत्यु

कोरोना संक्रमणबाट ललितपुरमा थप चारजनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

मृत्यु हुनेमा ललितपुरका २ जना तथा सर्लाही र भक्तपुरका रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। पाटन अस्पतालमा उपचारका लागि भदौ २६ गते भर्ना भएका सर्लाहीका ६० बर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो ।

त्यसैगरी, मृत्यु हुनेमा ललितपुरका २ महिला छन्। उनीहरू दुवैको पाटन अस्पतालमा मृत्यु भएको हो। जसमध्ये भदौ २० गते उपचारका लागि भर्ना भएकी ७६ वर्षकी महिला र भदौ २५ गते उपचारका लागि भर्ना भएकी ६८ वर्षकी महिला छन्। उनीहरूको पनि शुक्रबार नै मृत्यु भएको हो।

त्यस्तै,भक्तपुरकी ९० वर्षकी महिलाको पनि उपचारका क्रममा मेघा अस्पतालमा मृत्यु भएको छ। गत असोज १ गते भर्ना भएकी उनको शनिबार बिहान मृत्यु भएको हो ।