कक्षा ११ पढ्न एसइईमा‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हट्यो

कक्षा ११ पढ्न एसइईमा‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,४ असोज । कक्षा ११ मा भर्ना हुन माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अंग्रेजी, गणित र विज्ञानमा न्यूनत्तम ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषद्ले हटाएको छ।

परिषद्को भदौ ११ गते बसेको बैठकले एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीले कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बाहेकका विषय पढ्न पाउने निर्णय गरेको थियो। कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय पढ्न भने एसईईमा जीपीए १.६ सँगै अंग्रेजी, विज्ञान र गणितमा ‘सी प्लस’ पनि ल्याउनै पर्दछ ।