विराटनगर,५ असोज। मोरङमा माछा पाल्ने पोखरीमा डुबेर एकै परिवारका आमासहित दुई छोरीको मृत्यु भएको छ । मोरङका ग्रामथानमा पोखरीमा डुबेर आमा र दुई छोरीको मृत्यु भएको हो। ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी र उनका २ छोरीहरु १३ वर्षीया पबित्रा र ९ वर्षीया कृतिकाको पोखरीमा डुबेर मृत्यु भएको हो।
१३ वर्षीया छोरी पबित्रा र ९ वर्षीया कृतिका पोखरीमा डुबेको देखेपछि उद्धार गर्न गएकी आमासीताको पनि मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।



प्रतिक्रिया