हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यहाँ दुई बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । दुर्गम स्थानीय तह साइपाल गाउँपालिकाका दुई बिरामीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनुभयो ।

साइपाल – ४ घर भएकी १९ वर्षीया सुनिता रोकाया सुत्केरी भएको नौ दिनसम्म पनि रक्तस्राव नरोकिएपछि जिल्ला बाहिर रिफर गरिएको र सोही ठाउँकी २५ वर्षीया चार महिनाकी गर्भवती लामु तामाङको उच्च रक्तस्राव हुन थालेपछि धुली आधारभूत स्वास्थ्य एकाइमा उपचार गर्दा ठीक नभएपछि थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला अस्पतालका डा सन्दीप ओखेडाले बताउनुभयो ।

नौ दिनसम्म धुली आधारभूत स्वास्थ्य एकाइमा उपचार गर्दा रक्तस्राव नरोकिएपछि बाहिर पठाउनुपरेको जनाइएको छ । साइपाल गाउँपालिकामा अन्य यातायातका साधन नहँुदा उपचारमा समस्या तथा अकालमै ज्यानसमेत जाने गरेको छ । कतिपय बिरामीलाई हेलिकप्टरबाटै उद्धारसमेत गरिएको छ ।