पुल निर्माणको विषयमा विवाद हुँदा दुई समुहबीच झडप

पुल निर्माणको विषयमा विवाद हुँदा दुई समुहबीच झडप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज,५ असोज । बारा र रौतहटको सीमा क्षेत्रमा झडप भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका रुपौलिया र रौतहटको विजयपुर फतवाको मेवा गाउँका बासिन्दाबीच झडप भएको हो । हुलाकी राजमार्ग अन्तर्गत अरुवा नदीमा पुल निर्माणाधिन पुलको बिषयमा विवाद हुदा झादत भएको हो ।

झडपमा दुबै तर्फका केही स्थानीय घाइते भएका छन् । विवादकै कारण पुल निर्माणले गति लिन सकेको छैन । अहिलेको ठाउँमा पुल बनाउँदा नदीले धार परिवर्तन गरी गाउँ डुबानमा पार्ने भन्दै बाराको रुपौलियाका बासिन्दाले विरोध गर्दै आएका छन् । भने रौतहटतर्फका बासिन्दाले भने पुल तोकिएकै स्थानमा बन्नुपर्ने भनाइ छ ।

उक्त विषयमा विवादित हुदा हुदै पुल निर्माणको काम शुरु गरेपछि दुई समुहबीच झडप भएको हो ।