नेपाली काङ्ग्रेस कार्यकर्ता र प्रहरीबीच गुल्मीमा झ डपमा हुँदा नेतासहित प्रहरी घाइते

नेपाली काङ्ग्रेस कार्यकर्ता र प्रहरीबीच गुल्मीमा झ डपमा हुँदा नेतासहित प्रहरी घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली काङ्ग्रेस कार्यकर्ता र प्रहरीबीच गुल्मीमा आज झ डप भएको छ । पार्टी कार्यालय, बिपी स्मृति भवन क्याम्पसरोडबाट निकालिएको ¥याली भीमचोक, पुतलीबजार हुँदै जिल्ला प्रशासन कार्यालय अगाडितर्फबाट प्रशासन कार्यालयभित्र जान खोज्दा प्रहरीसँग झ डप भएको हो ।

झ डपमा काङ्ग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, काङ्ग्रेस क्षेत्र नम्बर २ ‘क’ का सभापति पूर्ण केसी, नेता श्रीप्रसाद भलामीलगायत घाइते भएका छन् । झ डपमा दुई प्रहरीसहित छ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार रेसुङ्गा नगरपालिका वडा नम्बर १२ मा रहेको रानीपोखरी निम्नमाध्यमिक विद्यालय भत्किएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत काम हुने गरी चारकाठे भवनको काम गर्नका लागि रु ७० लाख ४० हजार बजेट विनियोजन भएको र बजेटको कार्यान्वयनका लागि विद्यालयमा सर्वदलीय तथा सर्वपक्षीय भेलाको आयोजना भएकामा साउन ९ गतेको भेलाले पुरानो भवन भत्काउने र साउन २५ गतेको भेलाले विद्यालय व्यवस्थापन समितिको रेखदेखमा नयाँ भवनको निर्माण शुरु गर्ने निर्णय भएको थियो ।

व्यवस्थापन समितिमार्फत हुने कुनै पनि काममा ठेक्का दिन नपाइने नियम भए पनि निर्माण समितिले विनोद विकलाई रु १६ लाख ५० हजारमा अघोषित रुपमा भदौ १५ गते निर्माणको जिम्मा दिएपछि सो झ डप भएको बताइएको छ । स्थानीयवासी गिरिप्रसाद महाकिमले वडाध्यक्षलगायतको समूहले ठेकेदारमार्फत काम गराएर विद्यालयको रकम हिनामिना गर्न खोजेको आरोप लगाउनुभयो ।