ज’बरजस्ती क’रणीको आरोपमा पक्राउ

ज’बरजस्ती क’रणीको आरोपमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एउटै स्थानमा काम गर्ने महिलालाई ज’बर्जस्ती क’रणीका आ’रोपमा तीन युवालाई पक्राउ गरी काभ्रेपलाञ्चोक प्रहरीले आज सार्वजनिक गरेको छ । आफूलाई ज’बर्जस्ती क’रणी गरेको भनी पीडितले दिएको उ’जूरीपछि पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका–१ घर भई धुलिखेल नगरपालिका–४ स्थित प्रभात पोल्ट्री फर्ममा काम गर्ने २२ वर्षीय विशाल आले, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का २८ वर्षीय अमृत खड्का र भारतको पश्चिम बङ्गाल वीरभीमका २३ वर्षीय रघुनाथ मण्डल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार अभियुक्त युवाले रामेछापकी महिलालाई विभिन्न मितिमा ड’र, त्रास र ध’म्की दिई पटकपटक ज’बर्जस्ती क’रणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आ’रोपित तीन युवा सोही पोल्ट्री फर्ममा काम गर्ने मजदूर हुन् । शनिबार पक्राउ परेका युवाविरुद्ध मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस