मुख्यमन्त्री पौडेलद्वारा पर्वतारोही हिमचितुवाप्रति श्रद्धाञ्जलि

मुख्यमन्त्री पौडेलद्वारा पर्वतारोही हिमचितुवाप्रति श्रद्धाञ्जलि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दिवङ्गत कीर्तिमानी पर्वतारोही आङ्रिता शेर्पाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । मख्यमन्त्री पौडेलले आज शोक सन्देश जारी गर्दै ‘हिमचितुवाका नामले परिचित विश्वचर्चित तथा कृत्रिम अक्सिजनविना १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको विश्वकीर्तिमान राख्न सफल पर्वतारोही आङ्रिता शेर्पाको दुःखद् निधनको खबरले अत्यन्तै मर्माहित बनाएको’ जनाउनुभएको छ । मुख्यमन्त्रीले शोकसन्तप्त परिवारजनमा समवेदना पनि व्यक्त गर्नुभएको छ ।