वरिष्ठ क्याप्टेन विजय लामाको कोरोनासँगको लडाई: जटिल अवस्थाबाट पुनः स्वस्थ बन्दैछु,यो सामान्य रोग होइन !

वरिष्ठ क्याप्टेन विजय लामाको कोरोनासँगको लडाई: जटिल अवस्थाबाट पुनः स्वस्थ बन्दैछु,यो सामान्य रोग होइन !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,६ असोज । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण भएको करिब दुई हप्ता भएको छ । यस कोरोना भाइरसको संक्रमणको अनुभव शेयर गर्दै कोरोनालाई बेवास्ता र सामान्य रुपमा नलिन आग्रह गरेका छन् । आफ्नो स्वास्थ्य अवस्था निकै सुधार हुदै गएको र अब छिटै डिस्चार्ज भएर नियमित उडानमा फर्किने बिदेशमा अलपत्र नेपालीहरुको उद्दार कार्यमा लाग्ने बताएका छन् ।

विदेशमा अलपत्र नेपालीको उद्दारमा नियमित उडान भर्दै आएका बेला लामालाई कोरोना संक्रमण भएको थियो । अहिले क्याप्टेन लामाको ललितपुरस्थित स्टार अस्पतालमा उपचार भइरहेको छ । कोरोनाविरुद्ध दुई हप्तादेखिको लडाइँमा जित हासिल गरेरै छाड्ने अठोट लिएका छन् । क्याप्टेन लामाले उनले फेसबुक र भ्लग मार्फत आफ्नो स्वास्थ्य अवस्थाका बारेमा बताएका छन् । ‘एकदम जटिल अवस्थाबाट पार भै पुनः स्वस्थ बन्दै छु । अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु ।’

उनले लेखेका छन्, ‘रगतको नमूना पनि लगेन, नास्ता पनि खाइयो, कमजोरीपनको कतै लक्षण छैन, राति निन्द्रा पनि राम्रै लाग्यो, डाक्टर साबको भनाइ अनुसार मेरो इन्फेक्सन लेभल पनि घटेको अवस्था छ ।’ यो सबै अस्पताल र संलग्न सम्पूर्ण टिमको योगदान हो । उपचारमा खटिने सम्पूर्ण टोलीलाई धन्यवाद लामा लेख्छन् ।

कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘मेरो विनम्र अनुरोध सबैमा बिन्ती छ, यो कोविडलाई हल्का नलिनु होला । आफ्नो सुरक्षामा कतै नचुक्नु होला । यो सामान्य रोग होइन । यसले ज्यान लिन सक्छ ।

साथै लामाले लेखेका छन्, ‘…आभारी छु तपाईंहरुको माया, साथ र प्रार्थनाको लागि । चाँडै उडान भर्ने छु र विदेशमा हुनु भएकाहरुलाई नेपाल फर्काउने छु अनि राष्ट्रप्रति समर्पित हुने छु ।’